कञ्चनपुर, १२ भाद्र । केपी शर्मा ओली नेकपा एमाले अध्यक्ष कञ्चनपुरमा आउने भएका छन् ।
उनी यही भदैं १५ गते नेकपा एकीकृत समाजवादी छाडेर फर्कने नेतालाई पार्टीमा स्वागत गर्न कञ्चनपुर आउन लागेका हुन् ।
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्द लगायतका नेता कार्यकर्ता एमाले फर्कने तयारी गरेका छन् ।
ओलीले दिउँसो १२ बजे आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले जिल्ला सचिव पल्लवराज भट्टले बताए ।