कञ्चनपुर, ८ भाद्र । महाकाली नदीमा कञ्चनपुरकी एक बालिका बेपत्ता भएकी छन् । दोधारा चाँदनी नगरपालिका–७ की १० वर्षीया सृजना सुनार बुधबार महाकाली नदीमा बेपत्ता भएकी हुन् ।
उनि नुहाउने क्रममा दोधाराचाँदनी नगरपालिका–९ ढकनाघाटबाट नदीमा बगेको वडाअध्यक्ष गोपीलाल कडेलले बताए ।
बेपत्ता भएकी बालिकाको खोजीका लागि मझगाउँबाट सशस्त्र प्रहरीको गोताखोर टोली मगाइएको उनले जनाएको छ ।