धनगढी, ४ भाद्र / सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा ५ वर्ष देखि १२ वर्ष भन्दा मुनिका बालबालिकालाई (आइतबार) देखि कोरोनाको पहिलो मात्राको खोप दिइने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना विरुद्धको खोप नपाएका बालबालिकालाई भोलि ५ गते देखि ११ गते सम्म पहिलो मात्राको फाईजर खोप दिइन लागेकोे छ ।
यो खोप पाउनेमा प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा,बैतडी र दार्चुला जिल्ला रहेका छन् । यी जिल्लामा दोस्रो मात्रा भाद्र २७ देखि असोज १ सम्म दिइने भएको छ ।