डोटीमा शान्तिपूर्ण रूपमा मतदान हुँदै


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
डोटीमा शान्तिपूर्ण रूपमा मतदान हुँदै

डोटी — छिटपुट घटनाबाहेक डोटीमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । १ लाख २३ हजार ५ सय ५४ मतदाता रहेको डोटीमा दिउँसो २ बजेसम्म कुनै अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।

डोटीका केही क्षेत्रमा सामान्य वर्षा हुँदा सामान्य प्रभाव परे पनि मतदान प्रक्रिया भने जारी छ ।

निर्वाचन कार्यालय प्रमुख करुणाकर भट्टले दिउसो ११ बजे ३१ प्रतिशत मत खसेको भए पनि पछिल्लो अवस्थाबारे निर्वाचन अधिकृतहरुबाट रिपोर्ट आउन नसकेको बताए ।

२ नगर र ७ पालिका रहेको डोटीमा १ सय ७१ मतदान केन्द्रमा मतदान भइरहेको छ । शिखर नगरपालिकाको वडा नं. ७ स्थित लाटामाण्डौ माविको मतदान केन्द्र र वडा नं. ८ को राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा सामान्य विवाद हुँदा केहीबेर स्थगित भएको थियो ।