उत्साहपूर्ण मतदान फोटो


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
उत्साहपूर्ण मतदान फोटो

स्थानीय सरकारको नयाँ नेतृत्व चुन्न शुक्रबार देशभरका मतदाता निर्वाचनमा सहभागी भएका छन् । विहान ७ बजेदेखि सुरु भएको मतदान केही सीमित ठाउँमा अशान्तिको बाबजुद देशभर उत्साहपूर्ण रुपमा चलिरहेको छ ।

३० वैशाख, काठमाडौं । स्थानीय सरकारको नयाँ नेतृत्व चुन्न शुक्रबार देशभरका मतदाता निर्वाचनमा सहभागी भएका छन् । विहान ७ बजेदेखि सुरु भएको मतदान केही सीमित ठाउँमा अशान्तिको बाबजुद देशभर उत्साहपूर्ण रुपमा चलिरहेको छ ।

मतदान केन्द्रमा विहानै मतदाताको लामो लाइन थियो, दिउँसोदेखि मतदान केन्द्रम भीड कम हुँदै गएको छ । शीर्ष नेता र उम्मेदवार पनि प्रायले विहानै मतदान गरेका छन् । पहिलो पटक मतदान गर्ने युवा मतदातादेखि वृद्धवृद्धासमेत उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् ।

मतदान गर्नका लागि कतिपय ठाउँमा वृद्धवृद्धालाई बोकेर लगिएको छ । काठमाडौंको नागार्जुन नगरपालिकाको भीमढुंगाको बालबोध मावि केन्द्रमा ९६ वर्षका काइँला तामाङ अक्सिजन सपोर्टमा मतदान गर्न गएका छन् । उनलाई नाति नमराज तामाङले बुई बोकेर मतदान केन्द्रसम्म ल्याएका छन् । बिरामी र हिँडडुल गर्न नसक्नेहरु अरुको सहयोगमा पनि मतदान केन्द्र पुगेका छन् ।

बाजुरा, सप्तरी, हुम्ला, जुम्ला, अछाम, काभ्रे, रौतहट, दोलखालगायतका जिल्लाका केही केन्द्रमा राजनीतिक दलका प्रतिनिधिबीचको विवादका कारण केहीबेर मतदान स्थगित भएका छन् । तर निर्वाचन आयोगले छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रहेको बताएको छ ।

शुक्रबार मध्यान्हसम्म करिब ३५ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ ।

तस्वीरमा हेर्नुहोस् काठमाडौं उपत्यका र वरपरको क्षेत्रमा भइरहेको मतदान