अमिताभको ५०, धर्मेन्द्रको ६० वर्ष तर बलिउडमा सबैभन्दा लामो करियरको रेकर्ड यी अभिनेत्रीको नाममा


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
अमिताभको ५०, धर्मेन्द्रको ६० वर्ष तर बलिउडमा सबैभन्दा लामो करियरको रेकर्ड यी अभिनेत्रीको नाममा

बलिउडमा आफ्नो जीवन समर्पित गर्नेमा एक से एक कलाकारको नाम आउने गर्छ । कोही ४ वर्षको उमेरदेखि नै फिल्मी क्षेत्रमा लागेका छन् भने कसैले आफ्नो जीवनको अन्तिम दिनसम्म फिल्मसँगको आफ्नो सम्बन्ध तोडेनन् । अमिताभ बच्चन, धर्मेन्द्रको करियरबारे त धेरैलाई थाहा छ तर यस्ता थुप्रै कलाकार छन् जसले आफ्नो ५० वर्षभन्दा बढी समय बलिउडमा गुजारे । आज त्यस्ता कलाकारबारे कुराकानी गरौँ ।

ललिता पवारः ७० वर्ष, ७०० फिल्म

ललिता पवारले ९ वर्षको उमेरमा सन् १९२८ मा फिल्म राजा हरिश्चन्द्रबाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइन् । उनले निलकमल, आनंद, खानदान, पत्थर के सनम, औरतजस्ता उत्कृष्ट फिल्ममा काम गरेकी छिन् । उनले रामानन्द सागरको सिरियल रामायणमा मन्थराको भूमिका निर्वाह गरेकी थिइन् जुन निकै लोकप्रिय भएको थियो ।