बझाङको मष्टामा पटक पटक झडप, मतदान जारी


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बझाङको मष्टामा पटक पटक झडप, मतदान जारी

बझाङ,३० बैशाख। बझाङको मष्टा गाउँपालिका-५ द्वारिकानाथ आधारभूत विद्यालयमा चार पटक सम्म झडप भएको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताले वृद्धवृद्धा मतदाताको मत आफैं हालिदिएको भन्दै एमालेले विरोध जनाएपछि पटक पटक झडप भएको हो । झडप भए पनि मतदान स्थगित भएको छैन ।

शुक्रबार दिउँसो चौथो पटकको झडपमा भने ढुंगा हानाहान भएपछि भागदौड भएको छ । अहिले मतदान स्थगित गर्ने वा जारी राख्ने भन्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको स्थानीय अर्जुन बुढाले बताए ।