युएईमा नेपाली क्रिकेटर सीताको अलराउण्ड प्रदर्शन


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
युएईमा नेपाली क्रिकेटर सीताको अलराउण्ड प्रदर्शन

३० वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका उपकप्तान सीता राना मगरले युएईमा जारी फेयर ब्रेक इन्भिटेसनल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन कायम राखेकी छन् ।

सीता आबद्द टोर्नाडोस वुमेन्सले दुबईमा बिहीबार भएको खेलमा फाल्कोन्स वुमन्सलाई ७ विकेटले हराएको हो ।

फाल्कोन्सले दिएको १३९ रनको लक्ष्य टोर्नाडोसले १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । टोर्नाडोसको जितमा कप्तान सोफी डिभाइनले ५२ र स्टेर कालिसले ५० रन जोडिन् । सीता १८ रनमा अविजित रहिन् । उनले २५ बल खेल्दा एक चौका प्रहार गरिन् ।

फाल्कोन्सका गुन्जन शुक्लाले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा ४ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

फाल्कोन्सका कप्तान सुजि बाटेसले अविजित ४१ र डानीले ३२ रन जोडिन् । बलिङतर्फ सीताले ३ ओभर बलिङ गर्दा १९ रन खर्चिन् । विकेट लिन नसकेपनि सीताले एक खेलाडीलाई रन आउट गरिन् ।

जितसँगै ५ खेलमा ११ अंक जोडेको टोर्नाडोस तेस्रो स्थानमा छ ।