धनगढीमा प्रचण्डले भने, ‘गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो’


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
धनगढीमा प्रचण्डले भने, ‘गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो’

धनगढी २६ बैशाख, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गरेका छन्। धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे दाहालले यस्तो बताएका हुन्।

‘कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो,’ उनले भने, भोलिका दिनमा पनि देशमा हुनसक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिवद्धता गरेको छ।’ गठबन्धनलाई सिध्याउनका लागि सुरुदेखि नै एकथरी तत्व लागेको दाहालले बताए।

‘अहिले पनि ती तत्वहरु कुनै न कुनै रुपमा लागेका छन्,’ उनले भने, ‘शेरबहादुर देउवा, मेरो र माधव नेपालको बीचमा असमझदारी बनाउकान लागि निकै ठुलो कसरत भइरहेको छ।’ दृढताको साथ गठबन्धनको पक्षमा लागेको भन्दै दाहालले काँग्रेस सभापति देउवालाई धन्यवाद दिए।