सुदूरपश्चिममा पूर्ण मात्राको खोप लगाउन बाँकी बालबालिका २२ प्रतिशत 


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
सुदूरपश्चिममा पूर्ण मात्राको खोप लगाउन बाँकी बालबालिका २२ प्रतिशत 

धनगढी,११ साउन । – कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । हिजो मात्र सुदूरपश्चिममा १४ जनामा सक्रमण पुष्टि भएको थियो । तर सुदूरपश्चिम प्रदेशका २२ प्रतिशत बालबालिकालार्ई अझै पूर्ण मात्राको खोप लगाउन बाँकी रहेको तथ्याङकले देखाएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले राजपुर डोटीले धनगढीमा आयोजना गरेको खोप सम्बन्धी सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा २२ प्रतिशत बालबालिकालार्ई अझै पूर्ण मात्राको खोप लगाउन बाँकी रहेको जानकारी दिइएको हो ।

सुदूरपश्चिमका बाजुरा बाहेक बाँकी आठ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन्  ।  कोरोनाका कारण बाजुरालाई भने पूर्ण खोप सुनिश्चित घोषण गर्न नसकेको स्वास्थ्य निर्देशनालयले राजपुरले जनाएको छ । अब केही महिना भित्र बाजुरालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश बनाउनको लागि आफूहरू तयारी गरिरहेको स्वास्थ्य निर्देशनालयका  निर्देशक  जगदीश जोशीले बताए ।

उनले हाल प्रदेशमा खोपको अभाव नरहेको समेत जानकारी दिए । हाल सुदूरपश्चिम प्रदेशमा पनि कोरोनाको सङ्क्रमणको जोखिम पुनः बढ्दै गएकाले खोप लगाउन सबैमा आग्रह गरेका छन् । प्रदेशमा १७ सय बढी खोप केन्द्र र १८ सय भन्दा धेरै खोप सेसन संस्थागत स्वास्थ्य संस्था तथा बाह्य खोप केन्द्रमार्फत राष्ट्रिय खोप कार्यक्रम सञ्चालनमा रहेका छन् । राष्ट्रिय खोप कार्यक्रमले बाल मृत्युदर घटाउनमा प्रमुख भूमिका खेलेकोे पाइएको छ ।