कञ्चनपुरमा ५ वर्षीय बालिका बलात्कृत


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
कञ्चनपुरमा ५ वर्षीय बालिका बलात्कृत

बेलौरी,११ साउन । कञ्चनपुरको लालझाडी गाउँपालिका २ मा ५ वर्षीय बालिका बलात्कारकाे आराेपमा स्थानीय ५५ वर्षिय रामदत्त राना “भगत” लाई प्रहरीले पक्राउ गरेको छ ।

राना अबेर राति घरमा पाहुना बनेर गएपछि मध्यरातमा माैकाछाेपी बालिकालाई बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक दान सिंह भण्डारीले बताए ।

पक्राउ परेका राना ती बालिकाका हजुरबुवा नाता पर्ने बताइएको छ। उनी त्यहाँका ‘भगत’ पनि हुन्।

पाहुना बनेर ९ गते बालिकाको घर गएका उनले घरमा कोही नभएका बेला करणी गरेको आरोप छ। बालिकालाई स्वास्थ्य परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले बताएको छ।