अवैध यार्सागुम्बा र कस्तुरीको विनासहित एक जना पक्राउ


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
अवैध यार्सागुम्बा र कस्तुरीको विनासहित एक जना पक्राउ

दार्चुला, १० साउन । दार्चुलामा अवैध यार्सागुम्बा र कस्तुरीको विनासहित एक जना पक्राउ परेका छन्। महाकाली नगरपालिका ८ अशिगडास्थित सडकबाट १ किलो ६ सय ग्राम अवैध जडीबुटी यार्सागुम्बा र १ थान कस्तुरीको विना जस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। 

ब्याँस गाँउपालिका ४ सुनसेरा बस्ने ३३ वर्षीय कम्मान सिंह बिष्टलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको बताएको छ। दार्चुलाबाट महेन्द्रनगरतर्फ गईरहेको ना ७ ख ६३७२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई राखेको उक्त यार्सागुम्बा र वस्तुसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। 

यार्सागुम्बा र उक्त वस्तुसहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय दार्चुलामा बुझाइएको प्रहरीले जनाएको छ।