प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध सार्वजनिक कार्यक्रममै प्रदर्शन


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध सार्वजनिक कार्यक्रममै प्रदर्शन

काठमान्डौ,९ साउन। नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध सार्वजनिक कार्यक्रममै प्रदर्शन भएको छ।

 सोमबार राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका देउबा बिरुद्द प्रदर्शन भएको हो । 

प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको उक्त कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाए।

देउवा कोट मिलाउँदै मञ्चबाट पोडियमतर्फ अघि बढ्नेबित्तिकै हलको पछिल्लो ढोकातिरबाट ‘नागरिकता विधेयक खारेज गर, खारेज गर’ भन्दै प्लेकार्डसहित एकजना युवकले नाराबाजी गरे।

कार्यक्रममा बोल्न उठेका देउवा नाराबाजीले अक्क न बक्क भए। तर तत्कालै उनका निजी सुरक्षागार्डले देउवालाई मञ्चतिर लगे। विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसदको तल्लो सदनबाट पास भएर माथिल्लो सदनमा सोमबारदेखी  छलफल शुरु भएको छ ।