विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा

एजेन्सी, ८ साउन ।  विश्व स्वास्थ्य संगठनले मंकिपक्सको संक्रमण व्यापक रुपमा बढ्दै गएपछि स्वास्थ्य आपतकालको घोषणा गरेको छ । विश्वका ७५ देशमा मंकिपक्स फैलिएपछि डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

डब्लुएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा गरिएको हो ।विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६ हजार भन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको जानकारी दिए ।  

मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । आपतकालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन ।तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै अन्तर्राष्ट्रिय सरोकार बनेको र आपतकाल घोषणा गरिएको जनाइएको छ ।