काठमाडौं,६ साउन । प्रतिनिधिसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ बहुमतले पारित भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार राति सदनमा सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।
जसलाई सभामुख अग्नि सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा हुन्छ भन्ने सदस्यहरुको बहुमत देखिएपछि विधेयक बहुमतले पारित भएको घोषणा गरे । विधेयक पारित भएसँगै साउन ८ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।