बेलौरी, ६ साउन । सुदूरपश्चिम प्रदेशमा शुक्रबार नौ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल र सीमा नाकामा परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको छ । यसैगरी, सीमा नाकामा ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो समय देशभरि कोरोना संक्रमण बढ्न थालेको छ ।