धनगढी, ६ साउन । कञ्चनपुर भन्सार कार्यालयले बिस्कुट भनेर पठाएको एक लाख बढीको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । प्रज्ञापनपत्रमा बिस्कुट उल्लेख गरेर कञ्चनपुर भन्सार कार्यालयले पठाएको सो समान बिहिबार सशस्त्र प्रहरीको ब्युरो टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीको केन्द्रिय ब्युरोको टोलीले भिमदत्त नगरपालिका वडा नम्बर १० बनगाउँ पुलमा दिउँसो ३ बजे सो कपडा बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार बिस्कुट भनेर भन्सार कार्यालयले पठाएको सो पोकामा ५५ पिस साडी र ५८ पिस हाप पाइन्ट फेला परेका हुन् ।
सशस्त्र प्रहरीले बरामद गर्ने बेला बिस्कुटनै उल्लेख भएर आएपनि बरामद पश्चात कार्यालयले सच्याएर प्रज्ञापनपत्र पठाएको समेत पाइएको छ । केहिदिन अघि कञ्चनपुर भन्सार कार्यालयबाटै तरकारी भनेर पठाएको पेटीमा अनार स्याउ लगायत फलफुल भटिएको थियो ।
अत्तरियामा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले सो समान फेला पारी बरामद गरेको थियो । यस बारेमा कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तथा सुचना अधिकारी प्रमानन्द जोशीले भन्सारबाट बिस्कुट उल्लेख गरी नपठाएको दावी गरेका छन् ।
सशस्त्र प्रहरीले बरामद गरेर कञ्चनपुर भन्सार कार्यालयका भन्सारलाई बुझाएको छ ।