२४ घण्टामा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
२४ घण्टामा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं३ साउन । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ८ सय २८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।जसमध्ये १ हजार ८ सय ६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।