बेलौरी,३ साउन । कञ्चनपुरको एक वडा कार्यालयमा कार्यालय बन्द गराउन आएका एक आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सी नै कब्जा गरेका छन् । जिल्लाको लालझाडी गाउँपालिका वार्ड नं ४ को वडा कार्यालय बन्द गराउन आएका स्थानीय ३० वर्षीय सुरज रानाले वडाध्यक्षको कुर्सी नै कब्जा गरेका हुन् ।
मुख्य मन्त्री नमुना कृषि समन्वय समितिले कृषि यन्त्र वितरणमा अनियमितता भएको भन्दै वडा कार्यालय बन्द गराउन आएका सोही वडाकै ३० वर्षीय सुरज वडाध्यक्षको कुर्सीमा बसेर अभद्र व्यवहार देखाएका हुन् ।
तर ती व्यक्ति कहिले आएको भन्ने बारे आफूलाई खबर नभएको वडाध्यक्ष बहादुर रानाले बताए । वडाध्यक्ष बस्ने कुर्सीमा बसेर अमर्यादित व्यवहार देखाएका युवकको तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।