काठमाडौँ,१ साउन । नेपाल आयाल निगमले हाललाई पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई नयाँ मूल्यसूची पठाएको छ।
निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ। तर यता निगमले भने एक विज्ञप्ति जारी गर्दै आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी नै रहेकाले हाललाई पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । निगमलाई अझै पनि महिनाको ४ अर्ब ३२ करोड नोक्सानीमा रहेकोले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राखिएको जनाएको छ ।