३० हजार रुपैयाँ घुस रकम सहित पक्राउ


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
३० हजार रुपैयाँ घुस रकम सहित पक्राउ

धनगढी, १ साउन ।  कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् ।

बिउ बिजन सामाग्रीको रकम भुक्तानीबापत गैर कानुनी कमिसन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए ।


घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानी बापत गैर कानुनी कमिसन (घुस) मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको उनले बताए ।

क्षेत्रीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।