७७ वटै जिल्लामा गएर शालिग्राम शिला स्थापना गर्ने


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
७७ वटै जिल्लामा गएर शालिग्राम शिला स्थापना गर्ने

बेलौरी, १ साउन । कञ्चनपुरको बेलौरी नगरपालिकाका स्थानीय भिमलाल पाण्डेले देशका सबै जिल्लामा गएर शालिग्राम शिला स्थापना गर्ने भएका छन् । बेलौरी नगरपालिका ४ शान्तिपुरका स्थानीय पण्डित पाण्डेले ७७ वटै जिल्लाका मन्दिरमा गएर शालिग्राम शिला स्थापना गर्ने पण्डितलाई उदृत गर्दै समाजसेवी रामेश्वर न्याैपानेले बताए ।

आइतबार एक कार्यक्रमका बिच बेलौरी नगरपालिका ७ को प्राचिन सिद्धबाबा मन्दिरमा गएर शालिग्राम स्थापना गर्ने कार्यक्रमको शुरुवात गरेका छन् । पाण्डेले कञ्चनपुर देखि झापासम्म धार्मिक यात्रा तय गरेर सबै मन्दिरमा शिलापत्र स्थापना गर्ने बताए । कार्यक्रममा बेलौरी ४का वडाध्यक्ष अर्जुन ढकाल, समाजसेवी एव राजनीतिक नेता रामेश्वर न्यौपाने, नेता बाबुराम न्याैपाने सहित भक्तजनहरुको सहभागिता रहेको थियो ।

फोटो फिचर:

No description available.
No description available.