धनगढी, ३२ असार/कैलालीको धनगढी उपमहानगरपालिका ५ हसनपुरमा रहेको सार्वजनिक गुठीद्धारा संचालित ऐश्वर्य विद्या निकेतनले एकैपटक ३० प्रतिशत शुल्क बढाएको छ। महंगी बढेको भन्दै विद्यालयले साउन १ गतेदेखि लागू हुनेगरी विद्यार्थीहरुसँग लिइरहेको शुल्कमा ३० प्रतिशत वृद्धि गरिएको जनाएको हो ।
विद्यालयले कोरोना महामारीको समयमा शुल्क वृद्धि नगरिएको, २०७७ को वैशाखदेखि भदौसम्म कुनै शुल्क नलिएको तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको र सरकारले शिक्षक कर्मचारीको तलब वृद्धि गरेको कारण देखाउँदै शुल्क बढाएको जनाएको छ।