बेलौरी साक्षर नगरपालिका घोषणा


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
बेलौरी साक्षर नगरपालिका घोषणा

बेलौरी, ३२ असार/कञ्चनपुरको बेलौरी नगरपालिका साक्षर नगरपालिका घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच बेलौरी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो । ‘साक्षर नेपाल सम्बृद्ध नेपाल र सुखी नेपाली साक्षर बेलौरी बासी हामी गौरबशाली’ मुल नाराकासाथ बेलौरी नगरपालिका साक्षर पालिका घोषणा गरिएको छ । 

मुख्यमन्त्री भट्टको प्रमुख आथित्यमा बेलौरीलाई साक्षर नगरपालिका घोषणा गरिएको नगरपालिकाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले बेलौरी नगरपालिका साक्षर नगरपालिका घोषणा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री भट्टले नगरपालिकालाई साक्षर घोषणा गर्दै प्रदेशका सबै पालिका साक्षर घोषणा गरिनुपर्ने बताए ।

No description available.

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले प्रदेशभरीका शैक्षिक संस्था एव सामुदायिक विद्यालयको बृद्धि विकासका लागि पहल गर्ने बताए । कार्यक्रममा नवयुग सामुदायिक सिकाई केन्द्रलाई सम्मान गरिएको छ । नवयुव सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पल्लवराज भट्टलाई सम्मान हस्तान्तरण गरेका छन् ।

No description available.

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले नगरको ९६.८३प्रतिशत जनता साक्षर भएको बताएका  छन् । १५ बर्षदेखि ६० उमेरसमुहका १० हजार १३८घरधुरीका नागरिक साक्षर भएका छन् । कार्यक्रममा मुख्यमन्त्री भट्ट सहित राज्यमन्त्री कुलबिर चौधरी, संविधान सभा दिवान सिह विष्ट सहित राजनीतिक दलका प्रतिनिधी, नागरिक समाज र जनप्रतिनिधीको सहभागिता रहेको थियो ।