एक जनाको करेन्ट लागेर मृत्यु


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
एक जनाको करेन्ट लागेर मृत्यु

बेलौरी,३० असार/बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगर बस्ने ३५ वर्षीय हरीलाल रानाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानाले आफू काम गर्ने घर मालिकको माछापोखरीको लागि मोटर चलाउने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय बेलौरीका वरिष्ठ प्रहरी नायब निरीक्षक रमेश सिंह बुढाथोकीले बताउनु भयो । करेन्ट लागेर अशक्त भएका उनलाई बेलौरी स्थित इशान मेमोरियल अस्पतालमा ल्याइएको थियो । बुढाथोकीको भनाइ अनुसार “इशान मेमोरियल अस्पतालमा ठिक हुने नभएपछि धनगढीस्थित निसर्ग अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो। “