१८ वर्षीया किशोरी मृत फेला


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
१८ वर्षीया किशोरी मृत फेला

बेलाैरी, ३० असार । कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने १८ वर्षीया अनिता नाथ घरमै मृत अवस्थामा फेला परेकी हुन् ।

बुधबार राति कटहर र मासु खाएर सुतेकी उनी बिहीबार विहान मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

किशोरीको फुड प्वाइजनका कारण मृत्यु भएको आशंका गरिएको शाहले बताए  । राति खाना खाइसकेपछि अनिताले वान्ता गरेको बुझिएको छ । उनको शव महाकाली अस्पतालमा परीक्षण गरिएको छ ।  पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।