धनगढी २९ असार/सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७९÷०८०को बजेट बहुमतले पास भएको छ । राती ८ः४५मा बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा पेश गरेको बजेट अन्तत पारित भएको छ ।
प्रतिपक्षी दल एमाले, जसपा र लोसपाले बजेट प्रति असन्तुष्ट जनाउदै संसद बैठक बहिस्कार गर्दै आएका थिए । आज प्रदेश सरकारले प्रतिपक्षी दलको १४ बुदे माग पुरा गर्ने सहमति भएपछि राती संसद बैठक बसेर पनि पास गराएको हो ।
सत्तारुढ दलबीच नै समस्या रहेकोले बजेट बारे प्रदेश सभामा छलफल नै नभएको भनिएको बेला बुधबार एकै दिन बजेटमाथि छलफल भएर बुधबारै पारित भएको छ । बजेट बारे बुधबार लामो छलफल भएको थियो ।