एक पसलमा सिल प्याकन पानी बोतलमा माकुरो


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
एक पसलमा सिल प्याकन पानी बोतलमा माकुरो

धनगढी, २८ असार । कैलालीको एक पसलमा सिल प्याकन पानी बोतलमा माकुरो भेटिएको छ । टीकापुरको एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याकन पानीको बोतलमा माकुरो  भेटिएको हो ।

आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्ट्रिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो । विभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक संजय भण्डारीले बताए ।

मेडिकल सञ्चालक भण्डारीले उपभोक्ता हित संरक्षण मञ्चलाई हस्तान्तरण गरेको उक्त पानीको गुणस्तर जाँच र आवश्यक कारबाहीका लागि इलाका प्रशासन कार्यालय टीकापुर मार्फत जिल्ला प्रशासन कार्यालय धनगढी पठाइएको जानकारी दिए ।