देशभरिको लागुऔषध प्रयोग तथा ओसारपसारमा चौथो लिस्टमा


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
देशभरिको लागुऔषध प्रयोग तथा ओसारपसारमा चौथो लिस्टमा

धनगढी, २८ असार । नेपालभर कैलाली जिल्ला लागुऔषध प्रयोग तथा ओसारपसार गर्ने मध्य चौथो नम्बरमा रहेको पाइएको छ ।  धनगढीमा सम्पन्न भएको मंगलबार  लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाका प्रमुख गोकर्णप्रसाद उपाध्यायले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा वोल्दै धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले लागुऔषध प्रयोगकर्तालाई समुदायबाट छुट्याउनुपर्ने बताएका छन् ।  यहाँको अवस्था भयावह रहेको र यस्तै अवस्था रहने हो भने युवाको भविष्य धरापमा पर्ने हमालले बताए । ‘लागुऔषधको लतमा फसेकाहरुलाई तत्काल समुदायबाट अलग्याई पुनःस्थापना सेन्टरमा राख्नुपर्छ’ उनले जानकारी दिए। मेयर हमालल धनगडि उपमहानगर सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर लागुऔषध विरुद्दको अभियानमा लाग्ने बताएका छन्।

लागुऔषधका प्रयोगकर्ता सबैभन्दा बढी कैलालीको पनि टीकापुर नगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सोमेन्द्रसिहं राठौरले बताएका छन्। यस्तै पहिलो स्थानमा टीकारपुर र दोस्रो स्थानमा धनगढी उपमहानगरपालिका रहेको उनले बताएका छन्।