धनगढी , २८ असार । सार्वजनिक गाडीको भाडादर पुनः बढेको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।
विभागका अनुसार यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढेको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको छ ।