प्रतिनिधि सभाको बैठक बस्दै


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
प्रतिनिधि सभाको बैठक बस्दै

 काठमाण्डौ, २७ असार । प्रतिनिधि सभाको बैठक सोमबार  बिहान ११ बजे बस्दैछ।

सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले ‘रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्  ।

प्रतिनिधि सभाको आजकै बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले  ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । 

मन्त्री खापुङले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव गर्ने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।