निर्मला पन्त प्रकरणमा मुछिएका विष्टसहित ३२ एसपी बढुवाको लागि सिफारिस


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
निर्मला पन्त प्रकरणमा मुछिएका विष्टसहित ३२ एसपी बढुवाको लागि सिफारिस

काठमाडौँ, २५ असार। गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ।शनिबार बिहान बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका एसपी गणेश चन्द रहेका छन्।

यस्तै, दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने ३२औँ नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन्।बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज विष्ट पनि एसएसपी बढुवाको सूचीमा छन्।उनी १८औँ नम्बरमा सिफारिसमा परेका हुन्। विष्टका ब्याजी सबै एसएसपी भइसकेका छन्।