बेलौरी,२४असार । लागूऔषधसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिका ४ बजार स्थित खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो।
भिमदत्त २ का २८ वर्षीय लोकेश शाहलाई शंका लागी चेकजाँच गर्ने क्रममा ०.८१ ग्राम खैरोहेरोईन र ०.५४ ग्राम चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यस्तै गोप्य सूचनाको आधारमा भिमदत्त नगरपालिका ४ गल्ली नम्वर ५ मा रहेको रोशनी सिलाई सेन्टर भिमदत्त नगरपालिका १८ की ३१ वर्षीया सन्तोषी चौधरीलाई पसलमा ०.२० ग्राम खैरोहेरोईन बरामद गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।