९ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
९ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद

धनगढी,२४ असार। कैलालीमा सशस्त्र प्रहरी ले ९ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।  सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्‍वार्टर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीका विभिन्‍न क्षेत्रबाट भन्सार छलीको ९  लाख ३६ हजार चार सय ४० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको हो। 

सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका–१३, राजपुरबाट एक लाख ६ हजार चार सय ४० रुपैयाँ मूल्य बराबरको लत्ताकपडा, किराना, कस्मेटिकका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। 

सशस्त्र प्रहरी उपरीक्षक सिंहका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ च २८०१ नम्बरको महेन्द्रा कम्पनीको म्याक्सिसा पिकअप गाडीमा बिल नभएको तीस हजार मूल्य बराबरको चिनी र सो चिनी बोकेको आठ लाख मूल्यको गाडी बरामद गरेको हो। 

बिल नभएको चिनी बोक्ने गाडीमा रहेका बैतडीको दशरथचन्द नगरपालिका–७, सुरकालका २१ वर्षीय चुडामणी शर्मालाई समेत नियन्त्रणमा लिएको सिंहले बताए। उनले बरामद भएको सामान, गाडी र व्यक्तिलाई कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरलाई बुझाएको बताए।