मजगाउँ विमानस्थलको जग्गा सेनाबाट फिर्ता ल्याउन माग


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
मजगाउँ विमानस्थलको जग्गा सेनाबाट फिर्ता ल्याउन माग

बेलाैरी, २३ असार ।  एमालेका सांसद दीपक प्रकाश भट्टले नेपाली सेनाले कञ्चनपुरको भिमदत्त नगरपालिकाको मजगाउँ विमानस्थलको जग्गा आफ्नो नाममा लालपूर्जा बनाएकोमा सेनासँग फिर्ता गर्न माग गरेका छन्।प्रतिनिधि सभामा बिहीबारकाे बैठककाे शून्य समयमा बोल्दै भट्टले उक्त माग गरेका हुन्।

‘नेपाली सेनाले कञ्चनपुरको भिमदत्त नगरपालिकाको मजगाउँ विमानस्थलको जग्गा विमानस्थल निर्माण सुरु भएपपछि २०७५ मंसिर २७ मा आफ्नो नाउँमा लालपूर्जा लिएको देखियो’, भट्टले भने, ‘२०३४ सालदेखि सञ्चालनमा रहेको विमानस्थल २०५७ बाट स्थगित रहेको र अहिले पुनः सञ्चालनको तयारीमा रहेको अवस्थामा आमजनतासँगको दूरी बढाउने गरी जग्गा हडप्ने हो भने सेना जनता बाट टाढिँदै जाने छ। तुरुन्तै विमानस्थलको काम सञ्चालनको लागि यो जग्गा र्फिता गरियोस्।’