बैतडीको झुलाघाट नाका बन्द 


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बैतडीको झुलाघाट नाका बन्द 

बैतडी, २२ असार । बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै झुलाघाटमा रहेको झोलुंगे पूल मर्मत हुने भएकाले मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि नाकामा आवातजावत बन्द गरिएको जानकारी दिएको हो। 

महाकाली नदीमाथिको रहेको उक्त पूलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाच्चिएकोले मर्मतका लागि आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।