३ स्थानमा चार्जिङ स्टेसन बनाइने 


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
३ स्थानमा चार्जिङ स्टेसन बनाइने 

धनगढी,२२ असार । नेपाल विद्युत् प्राधिरकरणले पहिलो चरणमा सुदूरपश्चिमका ३ स्थानमा चार्जिङ स्टेसन राख्ने भएको छ। प्राधिरकणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो। जसअन्तरगत कैलालको लम्की, अत्तरीया र कञ्चनपुरको महेन्द्रनगरमा चार्जिङ स्टेसन बनाइने छ। 

चार्जिङ स्टेसनकाका लागि उपकरण नेपाल आइपुगेको छ। पहिलो चरणमा राखिने ५१ मध्ये २६ वटा चार्जर नेपाल आइपुगेका हुन्। चार्जिङ स्टेसनका लागि आवश्यक ट्रान्सफर्मरहरु पनि नेपाल आएर अहिले परीक्षण चलिरहेको  पूर्वाधार विकास आयोजनाका प्रमुख सागरमणि ज्ञावालीले जनाएका छन्। 

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिनेछन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधनमा एक साथ चार्ज गर्न सकिनेछ। ३०० भन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर समेत राखिनेछ।