किसान चैते धान भित्र्याउने र असारे धान रोप्ने चटारोमा


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
किसान चैते धान भित्र्याउने र असारे धान रोप्ने चटारोमा

 धनगढी, २२ असार । कैलालीका किसानलाई यतिखेर चैते धान भित्र्याउने र असारे धान रोप्ने चटारो लागेको छ । कैलालीका किसान फागनु, चैत महिनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने तयारीमा समेत जुटेका छन् । कैलालीको भजनी नगरपालिकाका अधिकांश किसानलाई चैते धान भित्र्याउने र असारे धान रोप्ने चटारो लागेको हो।

भजनी नगरपालिका–२ मोहनपुरका किसान छितरबहादुर चौधरीलाई धान भित्र्र्याउने र रोपाइँ दुवैको चटारो चलेको छ ।उनी चैते धान काटेर बर्खे रोपाई सुरु गर्न ब्यस्त देखीएका छन् । बर्खे मौसममा अधिकांश किसानले धान रोप्छन् । असोज–कात्तिकमा धानबाली भित्र्याउछन । यहाँका केही किसानलाई भने रोपाइकासँगै धानबाली भित्राउने चटारो छ । धान काटेर बर्खे रोपाई गरिरहेको उनले बताए ।उनले भने, ‘यसपाली चैते धान अलि ढिलो लगाउदा ढिलो पाक्यो, सँगसँगैं अर्को बाली रोपाइँ गरिहाल्नु परेको छ ।’ उनले मनसुन सुरु भइसकेकोले खेतमा काटेको धान राम्रोसँग सुक्न नपाएको बताए ।बिहान उठ्दा पानी परे रोपाइँ गर्ने, नपरे धान काट्ने गरेको छु,’ उनले भने । उनको परिवारका सदस्य बिहान ५ देखी बेलुका ८ बजेसम्म धान भित्राउने र रोपाइँ गर्न व्यस्त हुन्छन् ।

६ जनाको परिवारका सदस्यमा ४ जना खेतीपातीमा खटिने गरेका छन् । दुवै कामसँगै गर्नु परेकाले ज्यालामा पनि खेतमा काम लगाउनु परेको उनले बताए । बर्खे धानबालीको उत्पादनले खान र बिक्री गरेर घर खर्च चलाउन नसक्दा चैतेबाली लगाउन सुरु गरेको छितर बहादुरले बताए । बर्खे धानबालीबाट ४० क्वीन्टल जति धान उत्पादन हुने गरेको छ । चैते धानको उत्पादन २० क्वीन्टल मात्रै हुन्छ । उनका अनुसार चैते धानको उत्पादन बर्खेभन्दा झन्डै आधा कम हुने गरेको छ ।कैलालीको दक्षिण पुर्वी क्षेत्रमा पर्ने भजनी नगरपालिका डुवानग्रस्त क्षेत्र हो । बाढी लाग्ने समस्याले भजनी क्षेत्रका किसानले पछिल्लो समयमा चैते धानतर्फ आकर्षित भएका छन । भजनीका छितरबहादुरले मात्रै हैन उनका गाउका ३० प्रतिशत किसानले चैते धान लगाउने गरेका छन् ।