आशा लघुवित्त वित्तिय संस्था लि. बेलौरीद्धारा शैक्षिक सामाग्री वितरण


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
आशा लघुवित्त वित्तिय संस्था लि. बेलौरीद्धारा शैक्षिक सामाग्री वितरण

बेलाैरी,१७ असार । आशा लघुवित्त वित्तिय संस्था लिमिटेड बेलौरी शाखाले बिद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरेको छ । आशा लघुवित्त वित्तिय संस्था लिमिटेड बेलौरी शाखाले “विपन्न नागरिकका लागी आशा” भन्ने मुल नारा सहित सामाजिक उत्तर दायित्व अन्तरगत बेलौरी नगरपालिका वडा नम्बर ०६ मा रहेको श्री शारदा माध्यमिक बिद्यालय बिद्यानगर र दुर्गा आधारभुत बिद्यालय भुराकोटमा अध्यनरत गरिब जेहेन्दार बिद्यार्थीहरुलाई ग्राहक संरक्षण कोषबाट शैक्षिक सामाग्री वितरण गरिएको हो । छुट्टा छुट्टै रुपमा एक कार्यक्रमको आयोजना गरेर १ देखी ५ कक्षासम्मका गरिव जेहेन्दार बिद्यार्थीहरुलाई झोला,कपी,पेन र पेन्सिल लगाएतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । यस्तै २ ओटै बिद्यालयहरुलाई २/२ थान डस्टविनहरु पनि वितरण गरिएको बताईएको छ । कार्यक्रममा आशा लघुवित्त वित्तिय संस्था लिमिटेड बेलौरी शाखाका कर्मचारी, २ ओटै बिद्यालयहरुका शिक्षक, शिक्षिका तथा बिद्यार्थीहरुको उपस्थिति रहेको  थियो ।