धनगढी २२ असार/धनगढीमा अत्यधिक गर्मीका कारण ९ जना नेपाल प्रहरी तालिमे बिरामी भएका छन् । नयाँ भर्ना भएका तलिमे प्रहरी जवानहरू अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएर भर्ना भएका हुन् । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
दुई जना जवानहरू भेन्टिलेटर राखेर उपचार भैरहेको बताईएको छ । उनीहरुको अबस्था चिन्ताजनक रहेका बताईएको छ । भाद्रमा नयाँ भर्ना लिएर ९८ जना प्रहरी जवानलाई सुदूरपश्चिम प्रदेश प्रहरी गणमा प्रशिक्षणको दौरानमा छन् ।
‘आज बिहान शारिक व्याम अन्तरगत १० किलोमिटर दौड थियो, ९ जना बिहोस भएपछि अस्पताल भर्ना गरिएको हो’ सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका तालिम प्रशिक्षक प्रमुख बोधराज ओझाले भने–‘अन्य सात जना खतरामुक्त भएर फिर्ता भएका छन् ।’
अहिले धनगढीमा अत्यधिक गर्मीका कारण जनजिवन प्रभावित भएको छ ।