मेहेन्दी उत्सवमा प्रफुल्ल नीता, रेखा र अनुले पनि दिए साथ


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
मेहेन्दी उत्सवमा प्रफुल्ल नीता, रेखा र अनुले पनि दिए साथ

काठमाडौं, २२ असार। शुक्रबार अभिनेत्री नीता ढुंगाना र प्रेमी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिदैछन् । बुधबार उनको मेहेन्दी उत्सव सम्पन्न भएको छ ।

नीताको मेहेन्दी उत्सवमा अभिनेत्रीहरु रेखा थापा र अनु शाह सहभागी भए । रेखा र अनुले नीतालाई मेहेन्दी लगाइदिएका थिए । शुक्रबार बिहे हुँदैछ भने आइतबार रिसेप्सन पार्टी आयोजना गरिएको छ । मेहेन्दी समारोहमा नीता प्रिन्टेड लेहेंगामा आकर्षक देखिएकी थिइन् ।

सोमबार बेलुका ब्याचलरेट पार्टी सेलिब्रेट गरेकी उनले मंगलबार पनि आफन्तसँग ब्राइड टु बी पार्टी मनाइन् । चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको जोडी अन्ततः दाम्पत्य जीवनमा परिणत हुन लागेको हो ।