काठमान्डौ,२२ असार । अर्थमन्त्री जनार्दन शर्माबारे संसदीय छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ।सत्तारूढ र प्रतिपक्षी दलहरूबीच आज बानेश्वरस्थित संघीय संसद भवनमा भएको छलफलअनुसार संसदीय छानबिन समिति गठन गर्ने समझदारी बनेको छ।
संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चार जना सांसद रहनेछन्।नेपाली कांग्रेसबाट २ र नेकपा माओवादी केन्द्रबाट दुई सदस्य रहनेछन्।
यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक/एक जना सदस्य गरी कूल ११ सदस्यीय संसदीय छानबिन गठन गर्ने सहमति भएको हो।