पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले आफ्नो प्रेमी तथा व्यवसायी राहुल मोक्तानसँग बिहे गरेकी छिन्।
उनीहरूले मंगलबार राति नेवारी परम्पराअनुसार बिहे भएको हो ।
बिहे समारोहअघि उनीहरूले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए। नेवारी परम्पराअनुसार रिसेप्सनपछि शुभ साइतमा निकटका आफन्त र परिवारको उपस्थितिमा बिहे भएको हो।
राहुल र सदीक्षा एक वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। सदीक्षाको बिहेमा पूर्वमिस नेपालहरूको बाक्लो उपस्थिति थियो। सदीक्षा २०१० की मिस नेपाल हुन्।