बैतडी, २१ असार। बर्षाका कारण सुदुरपश्चिमका पहाडी जिल्लाका ग्रामीण सडकमा यात्रुहरु जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सुदुरपश्चिमका पहाडी जिल्ला डोटी,अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा, दार्चुला जिल्लाका मुख्य तथा ग्रामिण सडकमा जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको हो ।
बर्षाका कारण सडक हिलाम्यका साथै खाल्टाखुल्टीपर्दा गाडी चलाउन निकै समस्या भएको छ । जसकारण दुर्घटनाको निकै जोखीम बढेको छ ।यसैमध्ये बैतडीको ढोल्यामोड –हाट सडक बर्षाका कारण गाडी चलाउन समस्या भएको छ । लगातारको बर्षाका कारण बैतडीको ढोल्यामोड–हाट सडक हिलाम्य भएर समस्या भएको हो। पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडक हिलाम्य हुँदा यातायातका साधन सञ्चालनमा कठीनाइ भएको छ।
यातायात व्यवसायीहरुले ढोल्यामोडदेखि हाट सम्मको सडकको ठाउँठाउँमा पहिरो खस्दा सवारी साधन सञ्चालनमा मुस्किल भएको बताए ।स्थानीय पुरनसिंह ऐरले कच्ची सडक भएकाले सडक हिलाम्य हुँदा जिप तथा बस सञ्चालनमा समस्या भएको बताए । उनले सडक हिलाम्य हुँदा जोखिमपूर्ण यात्रा गर्नुपरीरहेको छ भने दुर्घटनाको जोखिम समेत बढाएको बताए।
यस्तै स्थानीय लालबहादुर भण्डारीले ढोल्यामोडदेखि हाट सम्मको सडकमा यात्रा गर्न निकै सकस रहेको बताए । सडक हिलाम्य हुँदा गाडी फस्दा यात्रुहरुले धकेलेर निकाल्नुपर्ने अवस्था रहेको छ उनले भने। ढोल्यामोड–हाट सडक पुर्चौंडी नगरपालिका जोड्ने मुख्य सडक समयमै स्तरोन्नती नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।जिल्लाको सतबाँझ–श्रीभावर–हाट सडकलाई प्रदेश गौरवको आयोजनाको रुपमा राखिएको भएपनि स्तरोन्नतीको काम सुस्त गतिमा छ । सुदुरपहाडका बिभिन्न जिल्लामा पनी यस्तै समस्या हुँदा स्थानिय जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।