धनगढीको बजेट उपप्रमुखले असहमति जनाउँदा जनाउँदै पारित भयो


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
धनगढीको बजेट उपप्रमुखले असहमति जनाउँदा जनाउँदै पारित भयो

धनगढी, २१ असार । धनगढी उपमहानगरपालिकाका उपप्रमुखको विरोधकाबीच बहुमतले बजेट पारित भएको छ ।आठौँ नगर सभाको तेस्रो बैठकमा सोमबार उपप्रमुख कन्दकला रानाले सुरुबाटै विरोध गरेकि थिइन् ।

नगर प्रमुख गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी रूपमा बजेट ल्याएको भन्दै उनले विरोध गरेकि हुन् ।उनको विरोधकाबीच नगर प्रमुख हमालले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

नगर प्रमुखले बजेट पारित भएको घोषणा गरिसक्दा पनि उपप्रमुखले यसमा आफ्नो सहमति नभएको र एकलौटी गरिएको आरोप लगाएकी थिइन् ।

आफू योजना तर्जुमा समितिको संयोजक भए पनि मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफूलाई जानकारी नगराई बजेट ल्याएको उनले आरोप लगाएकी थिइन् ।

उपमेयर रानाले नगर सभाको सोमबारको बैठकले जबरजस्ती बजेट पारित गरेको भन्दै उक्त निर्णयमा सहमति नभएको प्रतिक्रिया दिएकी छन् ।उनले प्रत्येक वर्षमा काम सम्पन्न नगर्ने फेरी ती योजनालाई प्राथमिकतामा राखेर अन्य योजनाहरू प्रभावित पार्न नहुने समेत बताइन् ।

रानाले उपमहानगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया मिचेर एकलौटी रूपमा आएको बताएपछि दुई पक्षबिच बैठकमा चर्काचर्की हुँदा केही बेर बैठक स्थगित समेत भएको थियो ।

गत असार १० गतेको नगर सभा बैठकमा उपमेयर रानाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ८३ करोड बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।कार्यक्रम भर नगरप्रमुखले छलफल गरेर अगाडी बढ्ने भन्दा पनि पेलेरै लैजाने नीति लिएको एमालेका जनप्रतिनिधीहरुले आरोप लगाएका छन् ।

दिनभरि चर्काचर्की भएर अन्तिममा बहुमतले बजेट पारित गरिएको हो । बजेट पारित गर्दा नगर प्रमुखले निर्माणार्थ पेस गर्नुपर्नेमा त्यो भन्दा अघि वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्काले पारित भएको भन्दै घोषणा गरे र ताली बजाउन भने अन्यले ताली बजाए ।त्यसपछि मात्र नगर प्रमुख हमालले बहुमतले पारित भएको घोषणा गरेका थिए ।त्यसपछि पनि उपप्रमुख रानाले विरोध गरेकि थिइन् ।