लागूऔषधसहित धनगढीमा एक जना पक्राउ


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
लागूऔषधसहित धनगढीमा एक जना पक्राउ

धनगढी, २१ असार । धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका २ त्रिनगरमा से ७ प ६२३७ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध खैरौ हेरोईनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका १२ बस्ने २९ वर्षीय धर्म बडैला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको साथबाट ८ ग्राम खैरो हेरोईन फेलापारी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।