बेलौरी,,२१असार । कञ्चनपुरको वेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। सोमबार एक कार्यक्रमकाबीच उक्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
राष्ट्रिय खोप तालिका अनुसार २ वर्ष मुनिका बालबालिकाहरुले पाउने सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताइएको छ। जन्मेदेखि २ वर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोगविरुद्ध १२ प्रकारका खोप दिने गरिएको छ।