स्थानीय निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
स्थानीय निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए

बाजुरा,२१ असार ।  जिल्लाको बुढीगंगा नगरपालिकामा यही असार २३ गते पुनः हुने स्थानीय तहको निर्वाचनका लागि कर्मचारी खटाइएका छन्।

असार २३ गते हुने स्थानीय निर्वाचनका लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारी खटाइए मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।

 पुनः निर्वाचन हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समिति बाजुराले बताएको छ ।  १९ वटै मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ।

गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। बुढीगंगाका वडा नम्बर २, ३, ५ र ९ वडामा नेकपा एमालेका नेता तथा कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्न माग गर्दै आएको थियो ।

गत जेठमा बसेको सर्वदलीय बैठकमा असार २३ गते गर्ने राजनीतिक दलको सहमतिपछि बुढीगङ्गामा पुन: निर्वाचन हुन लागेको हो।