‘मिलन’मा सलोन, शिल्पा र कुशलको त्रिकोणात्मक प्रेम


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
‘मिलन’मा सलोन, शिल्पा र कुशलको त्रिकोणात्मक प्रेम

आगामी कात्तिक पहिलो साताबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’मा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापा एकसाथ देखिने भएका छन् । ६ महिना अगाडि छायांकन सकेर डबिङको काम समेत पूरा भइसकेको फिल्म तीन पात्रको त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्देशक टेक पौरखी राईले जानकारी दिए । फिल्म उत्कृष्ट बनेको उनको दाबी छ ।

फिल्ममा शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारहरुको अभिनय रहेको छ । चकलेटी लुक्सका कुशलले यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्दैछन् भने शिल्पाको पनि यो पहिलो फिल्म हो । उनी टिकटकमा चर्चित छिन् । निर्देशक राईले भने यसअघि दुई फिल्म ‘मट्टीमाला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । फिल्ममा उनकै लेखन छ ।

meelan

फिल्मको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ भने प्रताप दास, कौसल खड्का, प्रविशा अधिकारी, कृष्ण केसी, अस्मिता अधिकारी र बबिना किँरातीले स्वर दिएका छन् । काठमाडौं र कालिन्चोकमा खिचिएको फिल्मको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन र तारा किम्बे थापाको सम्पादन रहेको फिल्मको कथाले युवापुस्तालाई आकर्षित गर्ने निर्देशक राईको आशा छ ।