धनगढी, २० असार । कैलारी गाउपालिकाको एघारो गाउँसभा ९बर्षे ÷ बजेट० अधिवेशन सोमवार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको तेस्रो सभा तथा एघारो गाउँसभा अधिवेशनबाट नीति तथा कार्यक्रम र आगमी आ।वाके ल्याएको बजेट तथा कार्यक्रम अनुमोदन भएको छ ।
गाउँपालिका अध्यक्षले सभामा प्रस्तुत गरेका नीतिगत निर्णयलाई तालि बजाएर अनुमोदन गरेका थिए । गाउँसभाबाट भएका नीतिगत निर्णय चालू आर्थिक बर्षको जेष्ठ मसान्तसम्मको आय व्यय अनुमोदन भएको छ । कार्यपालिकाबाट भए गरेका निर्णयहरु अनुमोदन ऐन, नियम निर्देशिका, कार्यविधि निर्मााणको अधिकार कार्यपालिका प्रत्यायोजन, स्वीकृत बजेट तथा कार्यक्रममा संसोधन गर्ने अधिकार कार्यपालिकामा प्रत्यायोजन गरेको छ ।
त्यस्तै राजश्व परामर्श समितिले निर्धारण गरेका करका दर तथा दायरा लागु गर्ने, निर्माण सम्पन्न योजनाको जाँचपास तथा फरफारक, संघीय तथा प्रदेश सरकारमा योजना माग, संघीय तथा प्रदेश सरकार र विकास साझेदारसँग समन्वय, कर्मचारीको तलवी प्रतिवेदन अनुमोदन भएको छ ।
तेस्रो सभा तथा एघारो गाउँसभा अधिवेशनले सेवा करारका कर्मचारीको सेवा करार ९म्याद०, सेवा, सुविधा सम्बन्धि अधिकार कार्यपालिकामा प्रत्यायोजन गर्दै आवश्यक मात्रमा थप्ने भनिएको छ ।
सभाबाट कर्मचारी संगठन व्यवस्थापन सम्बन्धमा, लेखा परिक्षण प्रतिवेदन पनि अनुमोदन गरेको छ । सभालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले एघारो गाउँसभा अधिवेशनबाट अनुमोदन भएका नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
सभालाई समापन गर्दै सभाका अध्यक्ष राजसमझ चौधरी गाउँपालिका रहेका कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा अहिले विशेष जोड दिने बताउनु भयो । एघारो गाउँसभा अधिवेशनबाट अनुमोदन भएका नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम असार २६ गते सार्वजनिकीकरण गर्ने बताउनु भयो । गाउँसभामा कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत विरबहादर ऐर, गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।